नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटयो खेलकुद परिषद गण्डकी, अभिमुखीकरण सम्पन्न
पाेखरा | साउन २२, २०७९
पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा एक अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश अन्तर्गत रहेका जिल्ला विकास समितिका अध्यक्ष, खेलकुद विकास समितिका कार्यालय प्रमुखहरु र परिषदका सदस्यहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रमको यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले गरेका थिए । सो अवसरमा सचिव अधिकारीले संघिय, प्रदेश अन्तर कार्यालय र खेल संघहरुको अन्तर सम्वन्ध, बजेटको कार्यान्वयन र चुनौतीका बारेमा आफ्ना भनाई अघि सार्दै प्रदेशको खेलकुद बजेट अप्रयाप्त रहेको संगै अप्रयाप्त लागनी विना निर्माण भएका पूर्वाधारले नतिजा दिन नसकेको बताए ।
प्रदेशको खेलकुद विकास ऐन र नियमावलीले निर्दिष्ट गरेका अधिकारहरुका बारेमा चर्चा गर्दै सचिव अधिकारीले स्वस्थ्य नागरिक उत्पादन संगै आर्थिक विकासका लागि खेलकुदमा लगानी अपरिहार्य रहेको बताए । उनले स्थानियतह संगको समन्वयमा खेलकुद पूर्वाधारहरुको विकास हुने सके त्यसको संरक्षण र सम्वद्र्धन हुन सक्ने उल्लेख गरे ।
कार्यक्रममा आफ्ना भनाई राख्दै यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले खेलकुदमा सुशासन आवश्यक रहने कुरामा जोड दिंदै त्यसका लागि खेलकुदमा कार्यरत कर्मचारी र पदाधिकारीहरुमा अनुशासित हुनुपर्ने बताए । उनले संघियता प्राप्त भएको पाँच वर्ष सम्म पनि खेलकुदका संरचनाहरु झनै चपेटामा परेको उल्लेख गर्दै खेलकुदले संस्थागत विकास हुन नसकेको बताए । खेलकुद कार्यालयहरुमा आधुनिक प्रविधिको प्रयोग आर्थिक कार्यान्वयनका लागि योजना र पारदर्शिता महत्वपूर्ण पाटोको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटि साइकोलोजी कमिसनका संयोजक एवम उत्प्रेरक इन्द्र गुरुङले नेतृत्व क्षमताका लागि सात वटा विषय प्रमुख रुपमा हुनु पर्ने बताए । उनले उर्जा, संवेग, समयको व्यवस्थापन, आर्थिक परादर्शिता, सम्वन्धको विकास, जवाफदेहिता लगायतका विषय प्रमुख रहेको औंल्याए । उत्कृष्ट तथा क्षमतावान नेतृत्वका लागि शिप संगै मानसिक रुपमा आफूलाई त्यस रुपमा उभ्याउन खाँचो रहेको बताउँदै प्रदेश खेलकुदका सल्लाहकार समेत रहेका गुरुङले क्षमतावान नेतृत्वका लागि मानसिक र सारिरिक तथा स्वस्थ्य संगै सिर्जनशिलता समेत उत्तिकै अपरिहार्य रहेको बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले परिषदले अघि सारेका योजना, कार्यक्रम र बजेट तथा नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए भने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले लेखा प्रणाली व्यवस्थापनका विषयमा अभिमुखीकरण गराएका थिए ।
सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य खगेन्द्र क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

